Thursday, April 21, 2016

सलमान खान धूम ४ मा भिलेनको भूमिकामा देखिदै

शानदार एक्सन सस्पेन्स भएको फिल्म धुम ४ सिरिजको अहिले सबै दर्शकहरु प्रतिक्षामा छन् । धूमको सिरिजमा जहिल्यै पनि भिलेनलाई अलग रुपमा देखाइनाले पनि यो फिल्मको चर्चा धेरै हुने गरेको छ ।

dhoom

फिल्ममा भिलेन जहिल्यै पनि अरु फिल्मको भन्दा अलग हुने गरेका छन् । मिडियामा चलेको खबरलाई मान्ने हो भने सुपरस्टार सलमान खान धूम ४ मा भिलेनको भूमिकामा देखिने भएका छन् । श्रोतका अनुसार फिल्मका निर्माता धूम ४ मा वाणी कपुरलाई कास्ट गर्ने मन बनाइरहेका छन् ।

सलमान खान वाणी कपुर दुबै यशराज प्रोड्क्सनमा काम गरिरहेका छन् र सलमान खान भने आफ्नो आउदै गरेको फिल्म सुल्तानको शूटिङमा व्यस्त छन् । जुन फिल्ममा उनी हरियाणवी पहलवानको किरदार निभाएका छन् । वाणी कपुर भने आफ्नो आउन लागेको फिल्म ‘बेफिक्रे’मा व्यस्त छिन् । उनको फिल्म ९ डिसेम्बरमा रिलिज हुँदैछ ।


No comments:

Post a Comment