Tuesday, April 19, 2016

भूकम्पले एक वर्षदेखि बन्द तातोपानी नाका सञ्चालन

फोटो :फाइल 
चौताराः भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायीरुपमा सञ्चालनमा आएको छ । 
 
करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायीरुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएको छ ।

चीन सरकारको यही सहमतिपछि शुक्रबारदेखि तातोपानी नाका सञ्चालनमा आएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले बताए 

गोदाममा थन्किएका करिब पाँच सय ट्रक सामानमध्ये कतिपय अन्यत्र नाकाबाट नेपाल भित्रिसकेका छन् । करिब दुई हप्ताभित्र सबै सामान आइसक्छ’, उनले भने । 

उक्त सामान नेपाल भित्रिएपछि दुई करोडदेखि रु तीन करोडसम्म राजस्व सङ्कलन हुने भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो । 



No comments:

Post a Comment